नरेन्द्र तोमरद्वारा राहुल गान्धीको कडा आलोचना

00-1-Rashtriya-Samachar-14

आजमगढ़: जिल्लाको भ्रमणमा आएका केद्रीय कृषिमन्त्री नरेन्द्र तोमर एकितार सरकारका उपलब्धिहरू गन्ती गर्नदेखि थाकेनन् भने अर्कोतिर कंग्रेसमाथि तीव्र प्रहार गर्न पनि पछि परेनन्। केन्द्रीय कृषिमन्त्रीले राहुल गान्धीलाई कंग्रेसको निम्ति दुर्भाग्य बताउँदै भने, ‘राहुल गान्धीलाई लोकतन्त्रको सामान्य ज्ञान पनि छैन। यसपालि झन् बढ़ी सीटहरूमा विजय भएर मोदी पुनः प्रधानमन्त्री हुने दाबी समेत उनले गरेl’ आजमगढ़को सर्किट हाउसमा सोमबार सम्पन्न एक प्रेसवार्ता अवधि केन्द्रिय कृषि मन्त्री नरेन्द्र तोमरले भने, ‘उत्तर प्रदेशको परिवेशमा धेरै सुधार आएको छ। विकासको मार्गमा अग्रसर भइरहेको छ। कानून व्यवस्था पनि सुध्रिएको छ। उद्योगपतिहरूले बाहिरबाट आएर निवेश गरिरहेका छन्l’

देशमा कृषकहरूको आय दुईगुमा अधिक बढ़ेको दाबी गर्दै कृषि मन्त्रीले अझ भने, ‘यसलाई यसरी बुझ्न सकिन्छ, एमएसपी डेढ़ गुणा भएको छ। कृषकहरूको खातामा वर्षेनी छह हजार रुपियाँ दिइँन्दैछ। यसबाहेक पनि अन्य धेरैवटा योजनाहरू छन् जसको सय प्रतिशत लाभ कृषकहरूलाई प्राप्त भइरहेको छ। उनले मोदी सरकारको नौ वर्षको कार्यकाललाई देशको विकासको लागि माइल खुट्टी बताए। उनले भने, ‘राहुल गान्धीले लोकतन्त्रको हुँकार पिट्छन् तर उनलाई लोकतन्त्रको सामान्य ज्ञान पनि छैन। इन्दिरा गान्धी कार्यकालको आपतकालमाथि राहुल गान्धी, कंग्रेस पार्टी लगायत अन्य विपक्षी दलहरूको टिप्पणी कस्तो छ यसको जवाफ दिइयोस् तब मात्र लोकतन्त्रको हुँकार पिटियोस्l’ महागठबन्धनको सन्दर्भमा केन्द्रिय कृषि मन्त्रीले भने, ‘तमिलनाडु, पश्चिम बंगालका मुख्यमन्त्रीहरूले उत्तर प्रदेशमा आएर के गर्छन्, कसले उनीहरूलाई भोट दिन्छन्। यस्तो केही पनि होइन। केवल एउटा क्षुद्र राजनीतिको निम्ति एकजुटता दर्शाउनुको कुनै अर्थ छैन। त्यै पनि चुनाउ आउनअघि नै ध्वस्त हुनेछl’ –हिस  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *