सिक्किम ड्रग यूजर्स फोरमद्वारा प्रेस विज्ञप्ति

गान्तोक। सिक्किम ड्रग यूजर्स फोरमले लागुऔषध प्रयोगकर्ताहरूको अपराधीकरणले राम्रो गर्नुको साटो अझ बड़ी हानि गरिरहेको बताएको छ। अपराधीकरणले ओभरडोज वा अप्राकृतिक मृत्यु, स्वास्थ्य सङ्कट, पक्राउ, सीमान्तीकरण, सामाजिक र आर्थिक बहिष्कार जस्ता समस्याहरू बढ्नुका साथै सबैभन्दा महत्वपूर्ण परिवारहरूलाई तोड्न मुख्य भूमिका निभाइरहेको पनि फोरमले बताएको छ।
सिक्किम ड्रग यूजर्स फोरमले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, लागूऔषध कानूनका यी पक्षहरू अन्यायपूर्ण, अनुचित र हाम्रा समुदायका सदस्यहरूलाई हाम्रो संविधानमा उल्लेखित आधारभूत मानव अधिकारबाट वञ्चित गर्दछ। कोविड १९ ले सीमान्तकरण को परिभाषालाई परिवर्तन गरेको छ, तर केही सीमान्तकृत समुदाय समूहले सामना गर्नु परिरहेको कलंक र आपराधिक प्रतिबन्धको परिणाम भने अझै पनि परिवर्तन भएको छैन। यस कारण ड्रग्स प्रयोग गर्ने मानिसहरू बुनियादी स्वास्थ्य सेवाहरूबाट वञ्चित रहनु परिरहेको फोरमको भनाइ रहेको छ।
फोरमले औषधि परिवीक्षा र अपराधीकरणको इतिहास कहिले पनि विज्ञान र प्रमाणमाथि आधारित थिएन भन्दै यो जातीय, पूर्वाग्रह र निश्चित समुदायमाथि नियन्त्रण राख्न आधारित रहेको दाबी गरेको छ। केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरणले लागूपदार्थ प्रयोग परिमाणमाथि हालैमा गरेको सर्वेमा मदपान र यसको दुरुपयोग कुनै पनि प्रतिबन्धित ड्रग्सभन्दा धेरै रहेको खुलासा भएको बताएको छ। त्यसो हो भने के मदपानलाई पनि अपराधीकरण गर्ने भनी फोरमले प्रश्न गरेको छ।
फोरमले आफुहरू कानूनलाई मान्ने शान्तिप्रिय नागरिक रहेको र राज्यमा ड्रग प्रयोगकर्ताहरूले झेल्न परिरहेको चुनौतीमाथि काम गरिरहेको स्पष्ट गरेको छ। फोरमले राज्यका प्रमुखलाई ड्रग नीतिमा सुधारको निम्ति आह्वान गर्दै यो नीति मानवाधिकारको सिद्धान्त, प्रमाण र विज्ञानमाथि आधारित हुनुपर्ने बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *