नेपालको संसदमा उठ्यो भारतका लागि राजदूत डा. शर्मालाई फिर्ता बोलाउने माग

00-1-prem._645

काठमाडौं: नेपालको संसदमा एकजना सांसदले भारतका लागि राजदूत डा. शंकर शर्मालाई फिर्ता बोलाउन माग गरेका छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सोमबार संसदमा बोल्दै शर्माको अभिव्यक्तिलाई लिएर फिर्ता बोलाउन माग गरेका हुन्। सांसद सुवालले भारतले आफ्नो संसद भवनमा राखेको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनी अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाए। कूटनीतिक मर्यादाबाहिर गएर शर्माले अभिव्यक्ति दिएकाले फिर्ता बोलाउन माग गरे।

राजदूत शर्माले चीनको बीआरआईले दिने लोनले ऋणको पासोमा पार्छ भनी अभिव्यक्ति दिएकोमा समेत विरोध गरे। शर्माले नेपालको एक दैनिक अखरबारलाई अन्तवार्ता दिँदै नेपालको भारतसँग सहज आवागमत र व्यापार रहेकाले विशेष सम्बन्ध रहेको बताएका थिए। उनले चीनको बीआरआईको लोनको समेत आलोचना गरेका थिए। शर्माको अभिव्यक्तिलाई लिएर विपक्षी नेकपा एमालेका सांसदले समेत गत हप्ता संसदमा विरोध गरेका थिए। आज विरोध गर्ने सांसद सुवालको दल एनडब्लुएनपीपी भारत विरोधी दलका रुपमा चिनिएको छ। उसको चीन र उत्तर कोरियासँग विशेष सम्बन्ध रहँदै आएको छ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *