मणिपुर: इम्फाल पश्चिममा उपद्रवीहरूको गोलीले भारतीय सेनाको जवान घाइते

00-1-Rashtriya-Samachar-13

इम्फाल: हिंसा प्रभावित मणिपुरको इम्फाल पश्चिम जिल्ला अधिनस्थ कांतो सबल गाउँमा उपद्रवीहरूको गोलीले भारतीय सेनाका एक जवान घाइते भएका छन्। घटना लीमाखोंग (चिंगमांग)-सित टाँसिएको कांट सबल गाउँमा गए आइतवार राती लगभग ११.४५ बजे भएको थियो। सोतका अनुसार गाउँमा पेट्रोलिङ गरिरहेको सेनाको टीममाथि केही हतियारधारी उपद्रवीहरूले गोली चलाए जसमा एक जवान घाइते भए। घाइते जवानलाई लीमाखोंगको सैन्य अस्पतालमा भर्ती गरिएको छ। तथापि उनको स्थिति स्थिर छ। घटना पश्चात प्रभावित क्षेत्रमा अतिरिक्त भारतीय सेना अनि केन्द्रीय अर्धसैनिक बलहरूलाई तैनाथ गरिएको छ। उपद्रवीहरूलाई समात्नको लागि संयुक्त अभियान संचालन गरिएको छ। -हिस

About Author

Advertisement