काठमाडौं महानगरमा रोकियो हिन्दी फिल्म प्रदर्शन

00-1-Adipurush-1

काठमाडौं: काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने भएको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले आजदेखि महानगरभित्रका हलहरुमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्। मेयर शाहले केही दिनअघि भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको एक डायलगको विषयलाई लिएर तीनदिन भित्र हटाउन र नहटाएमा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने अल्टिमेटम दिएका थिए। आइतबार तीन दिन सकिएपछि आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको छ। ‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ,’ शाहले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (आज) देखि निषेध गरिएको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement