भारत-बङ्गलादेशलाई जोड्ने पद्मा पुलबाट आइतबारदेखि खोलियो यातायात  

नयाँ दिल्ली। भारत-बङ्गलादेशलाई जोड्ने बुहप्रतीक्षित पद्मा पुल आइतबार बिहान ६ बजेदेखि यातायातको निम्ति खोलियो। यस पुललाई नाघ्नका लागि पहिलो दिन सैकड़ौं गाड़ीहरूको लामो लाइन देखियो। यस पुलमा टोल असूलीको निम्ति कूल १४ बूथ स्थापित गरिएको छ। यस पुललाई नाघ्नका लागि मोटरसाइकललाई १०० टाका (बङ्गलादेशी मुद्रा) जबकि बसलाई २,४०० टाका र मध्यम आकारको ट्रकलाई २,८०० टाकाको भुकतान गर्नपर्नेछ। पाँच टनसम्मको मिनी ट्रकको निम्ति १,६०० टाका, पाँच टनदेखि लिएर आठ टनसम्मका वाहनहरूको निम्ति २,१०० टाका, तीन धुरा ट्रकको निम्ति ५,५०० टाका र चार धुरा ट्रेलरको निम्ति ६,००० टाका निर्धारित गरियो। चार धुराभन्दा अधिक प्रत्येक धुराको निम्ति १,५०० टाका टोल तिर्न पर्नेछ।

प्रधानमन्त्री शेख हसीनाले शनिबार दिउँसो रंगारंग कार्यक्रममा मुन्शीगंजको मावाको अन्तिम हिस्सामा बनेको ६.१५ किमी लामो पद्मा पुलको पट्टिकाको अनावरण गरेकी थिइन्। पद्मा नदी बङ्गलादेशमा गंगा नदीको प्रमुख धारा हो। पद्मा नदीमा बनेको यो पुल-रेल र सड़क मार्ग परियोजना हो। यस परियोजनालाई पूरा गर्नमा ३.६ अरब डलरको खर्चा परेको छ। यो मार्ग भारत र बङ्गलादेशको कारोबारी सम्बन्धहरूलाई नयाँ आयाम दिनसक्छ। यो पुल खोलिएपछि ढाकादेखि कोलकाताको दूरी लगभग तीन घण्टा कम हुनेछ। यही होइन छिमेकी देशको मोङ्गला पोर्ट हुँदै पद्मा ब्रिजबाट भारत आफ्नो पूर्वोत्तर राज्यहरूसम्म द्रूत गतिमा पुग्नसक्नेछ। अहिलेसम्म पद्मा नदीलाई नाघ्ने एक मात्र माध्यम डुंगा थियो, जसबाट एक हिस्सादेखि अर्को हिस्सामा जानमा छहदेखि आठ घण्टाको समय लाग्नेगर्थ्यो। वर्षामा नदीको जलको बढ़ेको स्तरलाई नाघ्नु मृत्युलाई निम्तो दिनु समान थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *