गान्तोक। सिक्किम सुनुवार (मुखिया) कोइन्चबुको वार्षिक सभा हिजो लिङदिङस्थित मुखिया भवनमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता केसर शम्सेर गरेका थिए। उक्त सभामा विशेष गरेर संस्थाका अध्यक्ष डीबी मुखियाले राज्यको कार्मिक विभागद्वारा जारी गरिएको अधिसूचना अनुसार नयाँ समिति गठन गरियो। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले मुखिया समुदायको महान पर्वको अवसरमा प्रदान गरिएको सहयोग प्रति कृतज्ञता प्रकट गरेको छ। मुखिया समुदायको महान पर्व श्यादर पिदान गत १६ मईको दिन निज रामेङमा पालन गरियो विज्ञप्तिमा उल्लेख गरिएको छ।