जालन्धरमा कुर्की गरिसकिएको थियो क्यानडामा मारिएका खालिस्तानी आतंकवादी निज्जरको सम्पत्ति

00-1-Rashtriya-Samachar-12

चण्डीगढ़: क्यानडामा मारिएका खालिस्तानी हरदीप सिंह निज्जर मूल रूपले पंजाबको जालन्धर निवासी हुन्। तर तिनले लामो समयदेखिकै क्यानडाको धरतीमा बसेर पंजाबमा अपराधिक घटनाहरूलाई परिणाम दिँदै आइरहेका थिए। पंजाब पुलिसले तिनको प्रत्यर्पणको माग गरेको थियो, किनभने तिनी राज्यमा आतंकवादलाई पुनर्जीवित बनाउनेसित सम्बन्धित धेरैवटा मामिलामा आरोपी थिए। खालिस्तान टाइगर फोर्सको नामले आतंकवादी संगठन संचलान गर्ने हरदीप निज्जरलाई सेप्टेम्बर, २०२० मा केन्द्रीय गृह मन्त्रालयले आतंकवादी घोषित गरेको थियो। जालन्धरको भार सिंह पुरा गाउँमा जन्मेका निज्जरले यसै गाउँका एकजना पुजारीको हत्या गराएका थिए। त्यसपछि यस गाउँमा रहेको निज्जरको सम्पत्ति कुर्की गरिएको थियो। तिनी पंजाबमा धार्मिक उन्माद फैलाउने ध्येयमा थिए।

पंजाब पुलिसका एक वरिष्ठ अधिकारीले बताए, निज्जरले अन्तिम समयसम्मै पंजाब वा देशका अन्य भागहरूमा धार्मिक दंगा फैलाउने प्रयास गरिरहे। पंजाब पुलिसको मोहालीस्थित इन्टेलिजेन्स हेडक्वार्टर सहित कतिपय पुलिस थानाहरूमा ग्रेनेड प्रहार गराउने अर्शदीप डल्ला पनि तिनकै सहयोगी हुन्। निज्जरको संगठन खालिस्तान टाइगर फोर्सका सहयोगीहरूको पंजाबस्थित नौवटा ठेगानामा यसै जून महिनामा एनआईएले छापामारीको कारबाही गरेको थियो। क्यानडामा हत्या हुनपूर्व एनआईएलाई इनपुट प्राप्त भएको थियो, केटीएफले पंजाब र हरियाणामा ठूलो घटनालाई परिणाम दिने तयारी गरिरहेको छ जसमा विस्फोटदेखि लिएर टारगेट क्लिकसम्म सामेल छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement