बङ्गलादेशमा कलेजको प्रिन्सिपललाई जुत्ताको माला लगाइदिए

नयाँ दिल्ली: बङ्गलादेशमा नाराइल सदर उप जिल्लास्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई जुत्ताको माला लगाइएकोले मानिसहरू रूष्ट छन्। यो घटना १७ जूनको हो। आश्चर्यको कुरा के छ भने पुलिस मूकदर्शक बनिरह्यो। जानकारीअनुसार यस कलेजको एक छात्रले भाजपा नेत्री नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेको थियो। भोलीपल्ट कलेजमा त्यस छात्रसित केही मुस्लिम छात्रहरूले पोस्ट डिलीट गर्नलाई भने। यसमा प्रिन्सिपलले छात्रको पक्ष लिएको छ भनी अफवाह फैलियो। रूष्ट मुस्लिम छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो लगाए। यसपछि मुस्लिम छात्रहरू र स्थानीय मानिसहरूले धर्मको अपमान गरेको आरोप लागउँदै प्रिन्सिपल स्वपन कुमार विश्वासको गलामा जुत्ताको माला लगाए औं उनलाई धेरै टाढ़ासम्म घसिट्दै लगे।

यस अवधिमा पुलिस मूकदर्शक बनिरह्यो। फेसबुकमा यो घटना भाइरल भएको छ। यस घटनाको विरोधमा सोमबार दिउँसो ढाकाको शाहबागमा ऱ्यालीको आह्वान गरिएको छ। ऱ्यालीका आयोजकहरूमध्ये एक राबिन अहसानले भने, ‘त्यस घटनामा शिक्षकहरूको कुनै भूमिका छैन। पुलिस मूकदर्शक बनिरह्यो। प्रशासन कट्टरपन्थीहरूको हातमा आएको छl’ नाटककार जुल्फिकार चंचलको भनाई छ, प्रिन्सिपल विश्वासको दोष केवल यति नै हो कि उनले नूपुर शर्माको फोटो पोस्ट गर्ने छात्र विरूद्ध पुलिसलाई फोन गरेका थिए। विरोध गर्ने मुस्लिम छात्रहरूले घटनास्थलमै उसलाई सजाय दिने माग गरिरहेका थिए। यस घटनापछि प्रिन्सिपल कसैको सम्पर्कमा छैनन्। भयको कारण उनले आफ्नो घर छोड़ेको आशंका छ।

नाराइल सदर पुलिस स्टेशनका ओसी मोहम्मद शौकत कबीरको भनाई छ- प्रिन्सिपलले कुनै धर्मको अपमान गरेनन्। त्यस दिन उनलाई बचाउनका लागि पुलिसले आफ्नो घेरामा लिएको थियो। उनले कुनै गलती गरेनन्। यसैले उनीविरूद्ध कुनै मामिला दर्ता गरिएन। यदि उनले सुरक्षाको माग गरे उनलाई सुरक्षा प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *