नेपाल: हेवा खोलामा बेपत्ता भएकाहरूको पहिचान खुल्यो

00-1-Hewa-Khola-1

सङ्खुवासभा: पूर्वीनेपालको सङ्खुवासभाको हेवा खोलामा शनिबार राति बाढीको प्रकोपमा परेर बेपत्ता हुनेको संख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाएर पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको समाचार छ। शनिबार राति मुसलधारे पानीका कारण आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा १७ जना मजदुर बेपत्ता भएको जिल्ला पुलिस कार्यालयले जनाएको छ। बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको पुलिस नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन्।

बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई (सङ्खुवासभा), फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन्।

त्यस्तै गरी सभापोखरी गाउँपालिका-३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन्। चैनपुर नगरपालिका-१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका-४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन्। घाइते हुनेमा बर्दिया नगरपालिका-७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन्। गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पैह्रोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको पुलिसले जनाएको छ। बाढीले तीन पक्की पुलमा क्षति पुर्‍याएको छ। घटनास्थलमा इलाका पुलिस कार्यालय चैनपुर र सशस्त्र पुलिसको टोली खटिएका छन्। बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *