पूर्व अतिरिक्त आयुक्त सोमनाथ अधिकारी लगायत चारजनाले समाए एसकेएम पार्टीको झण्डा

img_20230619_wa0019_847

गान्तोकः विभिन्न विपक्षी पार्टी परित्याग गरी धेरै जना सत्तारूढ एसकेएम पार्टीमा प्रवेश गरेका छन्। आज एसकेएम पार्टीमा प्रवेश गर्नेहरूमा तिमी नाम्फिङ समष्टि अन्तर्गत बर्मेक निवासी पूर्व अतिरिक्त आयुक्त, सेल्स एण्ड ट्याक्स, सोमनाथ अधिकारी, स्यारीका टाँसी प्रधान तथा बुर्तुक निवासी भीम छेत्री र अरूणा दर्नाल सामेल रहेका छन्।

राजधानी गान्तोकस्थित पार्टी मुख्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एवं पार्टीका सेक्रेटरी जनरल अरूण उप्रेतीले पार्टीमा प्रवेश गरेका सदस्यहरूलाई पार्टीको झण्डा तथा डायरी प्रदान गरी पार्टीमा स्वागत जनाए। आफ्नो सम्बोधनमा उप्रेतीले आज एसकेएम पार्टीमा सामेल भएका सबै सदस्यहरूलाई पार्टीमा हार्दिक स्वागत जनाउँदै पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा सिक्किम राज्यले गरिरहेको प्रगति र विकास कार्यबाट उत्प्रेरित भई तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको गरीबमुखी सोंच र विचारबाट प्रभावित भई आज मानिसहरू एसकेएम पार्टीमा प्रवेश भइरहेको बताए।

वर्तमान एसकेएम सरकारले गरीब जनताको हितैषी भएर काम गरिरहेको बताउँदै सरकारको विभिन्न जनकल्याणकारी कार्यहरू देखेर आज विपक्षी पार्टीहरूले अनावश्यक कुराहरू लिएर अघि आइरहेको बताए।एसकेएम पार्टी कार्यकर्ताहरू सिक्किमेली जनताको हित र कल्याणकारी कार्यमा लाग्नुपर्ने आह्वान गर्दै सेक्रेटरी जेनरल उप्रेतीले कुनै पनि प्रकारको उडन्ते खबर र अफवाहमा लाग्नु नहुने बताए। एसकेएम पार्टी कार्यकर्ताहरू अनुशासनमा रहेर पार्टीका नेताको हात बलियो बनाउन उनले आवहान गरे।

यो सामेली कार्यक्रमलाई पार्टीमा नवप्रवेशी सोमनाथ अधिकारी र टाँसी प्रधानले पनि सम्बोधन गर्दै आफुहरू पूर्ण इमान्दारिताका साथ पार्टीमा सेवा पु-याउने प्रतिवद्वता जाहेर गरे। यस अवसरमा पार्टी मुख्यालय महासचिव पवन गुरूङ, कार्यलय पीआरओ जुनु छेत्री, पार्टी मुख्यालय सचिव पंकज गिरी आदि उपस्थित रहेको एसकेएम प्रचारप्रसार शाखाले विज्ञप्तिमा दिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement