नाटककार ध्रूव लोहागुणको निधनप्रति एसडीएफ पार्टीद्वारा शोक प्रकट

IMG-20230619-WA0386.jpg

गान्तोक: भारतीय नेपाली साहित्यिक जगत्‌का प्रतिष्ठित नाटककार, अभिनेता, कवि तथा कथाकार ध्रुव लोहागुणको आकस्मिक निधनको खबरले सबैलाई स्तब्ध तुल्याएको छ। उनको आकस्मिक निधनप्रति एसडीएफ अध्यक्ष पवन चामलिङ तथा सम्पूर्ण एसडीएफ परिवारले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। यसका साथै यस दुःखद घड़ीमा असहनीय अवस्थालाई सामना गरिरहेका स्वर्गीय लोहागुणका शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको पार्टीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वर्गीय लोहागुणले सिक्किमेली समाज तथा भारतीय नेपाली साहित्यको विकास र समृद्धिका लागि पुर्‍याएको योगदान सदैव अविस्मरणीय रहने पार्टीको भनाइ रहेको छ। उनको असल कर्म र योगदानबाट स्व. लोहागुण सबैको सम्झनामा रहने बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *