काठमाडौंमा आदिपुरुषको प्रदर्शनमा रोक, मेयर शाहलाई सुपर क्यासेट्सद्वारा पत्राचार

00-1-Agni-Purush-1

काठमाडौं: चलचित्र आदिपुरुषको निर्माता कम्पनी सुपर क्यासेट्स इड्रस्ट्रिज लिमिटेडले नेपालीको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको भन्दै माफी मागे पनि काठमाडौंका हलहरुमा फिल्म प्रदर्शन रोकिएको छ। आज काठमाडौंका कुनैपनि हलमा आदिपुरुषको प्रदर्शन भएको छैन। नेपाल चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको प्रदर्शन काठमाडौं महानगरको अभियानमा साथ दिन रोकिएको बताए। आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने संवाद हटाउन साथ दिएपनि हिन्दी फिल्म पुरै बन्द गर्नेतिर सहमति नभएको बताए। आदिपुरुषको निर्माता कम्पनी सुपर क्यासेट्सले काठमाडौंका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेखी नेपाली जनताको भावनामाथि ठेस पुगेको भए क्षमायाचना मागेको छ। आदिपुरुषमा प्रभासले बोलेको संवादमा सीतामाताको जन्मस्थानको प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ। काठमाडौंका मेयर बालेन शाहले आदिपुरुष चलचित्रमा सीतामाता भारतीय हुन् भनी उल्लेख गरेको भन्दै संवाद नहटाएसम्म आजबाट भारतीय चलचित्र प्रदर्शन रोक लगाउने घोषणा गरेका हुन्। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *