सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः शिक्षा संघ हाई स्कूल विजयी

photocollage_202361917213371.jpg

१९ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा शिक्षा संघ हाई स्कूलले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा सोमवार खेलिएको दिनको पहिलो म्याचमा शिक्षा संघ हाई स्कूलले सिंहमारी लायन्स क्लबलाई २-०-ले पराजित गर्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट आजाद राई र अनिश राईले गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement