छुजाचेन समष्टिबाट १८ परिवार एसकेएम पार्टीमा सामेल

गान्तोक। वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा भएका विविध जनपक्षीय कार्यहरुबाट प्रेरित भएर आज छुजाचेन समष्टिबाट कूल १७ परिवारले विपक्षी एसडीएफ पार्टी त्यागेर सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा समावेश भएका छन्। कार्यक्रममा एसकेएम पार्टी उपाध्यक्ष तथा समष्टि प्रभारी डम्बर कुमार प्रधान प्रमुख अतिथिकोरुपमा उपस्थित रहेका थिए भने यस अवधि पूर्व जिल्ला अध्यक्ष शमशेर बख्खिम, लगायत पार्टीका वरिष्ठ कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो। आज पार्टीमा सामेल हुने हुनेहरूलाई क्षेत्र प्रभारी डम्बर कुमार प्रधानले खदा लगाउँदै पार्टीमा स्वागत जनाए। आफ्नो सम्बोधनको क्रममा समष्टि प्रभारी डम्बर कुमार प्रधानले एसकेएम पार्टीद्वारा तीन बर्षको अल्पावधिमा गरेका विविध जनपक्षीय, विकासीय कार्यहरु साथै उपलब्धिहरु प्रकाश पारे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *