बागडोगराः क्षेत्र कांग्रेस कमिटीले सिलगढी बागडोगरा एयरपोर्टमा यात्री सेवा बढाउनेलगायतका विभिन्न मागलाई लिएर ज्ञापनपत्र बुझाएको छ। आफ्ना मागलाई लिएर आज बागडोग्रास्थित विमानस्थल निर्देशकको कार्यालय अगाडि कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेपछि विमानस्थल निर्देशकलाई ६ बुँदे मागसहित ज्ञापनपत्र दिएका छन्। यस सम्बन्धमा नक्सलबारी ब्लक कांग्रेस अध्यक्ष अमिताभ सरकारले भने कि एयरपोर्टमा सुरक्षा गेटको संख्या बढाउनुपर्छ, एयरपोर्ट क्षेत्रका विभिन्न काउन्टरहरूमा खाद्य सामग्रीको मूल्य घटाउनुपर्छ, यात्रीहरू उतार्ने समय सीमा बढाउनुपर्छ। ५ मिनेट समय घटाएर १५ मिनेट पुर्याउन माग गरिएको छ। साथै दलाल चक्र विमानस्थलमा अस्थायी कर्मचारी भर्ना गर्न सक्रिय छ। यी सबै विषयलाई गम्भीरतापूर्वक लिन उनले माग गरे। उनले माग पूरा नभए आगामी दिनमा ठूला आन्दोलन गर्ने चेतावनी दिए।