नक्सलबारीमा एक युवकलाई छुरा प्रहार गर्ने १ जना पक्राउ

a36dd1c7-135e-42ec-aed4-78e5a3e5ee49

सिलगढी: गत शुक्रबार राति सिलगढीबाट घर फर्कने क्रममा स्कुलडाँगी चौराहमा शरण विश्वकर्मा नामका युवकलाई समातेर कुटपिट र छुरा प्रहार गरिएको थियो। पछि घाइतेलाई नक्सलबारी अस्पतालमा भर्ना गरिएको थियो। घाइतेका आफन्तले मुद्दा दर्ता गरेका छन्। सम्पूर्ण घटनाबारे नक्सलबारी पुलिस चौकीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा पुलिसले सोमबार सातभैया क्षेत्रबाट जीवन चौधरी नामका युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई आज सिलगढी डिभिजनल कोर्टमा पठाइएको छ। घटनाको सम्पूर्ण अनुसन्धान नक्सलबारी पुलिस चौकीले गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement