९ देखि ११ सेप्टेम्बरसम्म सिलगढीमा ७ औं बेङ्गाल ट्राभल मार्ट आयोजना हुने

3679400b-cf6c-4f72-92cf-2dccdffc3ab1

सिलगढी: सेप्टेम्बर ९ देखि ११ सम्म सिलगढीमा ७ औं बेङ्गाल ट्राभल मार्ट आयोजना हुनेछ। जसमा नेपाल, बंगलादेशलगायत भारतका विभिन्न भागका पर्यटन उद्योगसँग आवद्ध व्यक्तिहरू सहभागी हुनेछन्। सहरको एक होटलमा आयोजना हुने यस मार्टमा विभिन्न पर्यटकीय स्थल र तिनको विकासका बारेमा छलफल हुने बताइएको छ। सीमापार पर्यटन उद्योगको विस्तारमा मुख्य जोड दिइनेछ। यस मार्टमा बनाइएको ब्रोसरको सोमबार दिउँसो सिलगढीको एक होटलमा विधिवत उद्घाटन गरिएको थियो। दार्जिलिङका सांसद राजु विष्ट, सिलगढीका विधायक शंकर घोष र अन्य विशिष्ट व्यक्तिहरूले कार्यक्रमको उद्घाटन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement