कोलकाता: पञ्चायतको चुनावअघि बम बनाउने क्रममा विस्फोट हुँदा एक युवक गम्भीर घाइते भएका छन्। यो सनसनीपूर्ण घटना दक्षिण २४ परगनाको मथुरापुर थाना अन्तर्गत घोराडल क्षेत्रमा भएको हो। घाइते युवकको नाम आरिफ हुसेन मोल्लाह रहेको छ । स्थानीय स्रोतका अनुसार आरिफ घर नजिकै बम बनाउँदै थिए । त्यसपछि बम विस्फोट भयो। ठूलो आवाज सुनेर स्थानीयवासी दौडिएपछि बम विष्फोटका कारण आरिफ जलेको देखे । त्यसपछि उनलाई उद्धार गरी पहिले मथुरापुर ग्रामीण अस्पताल लगिएको थियो। प्राथमिक उपचार सुरु गरिएको थियो तर उनको अवस्था बिग्रँदै गएपछि उनलाई डायमण्ड हार्बर मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो। घटनाको जानकारी पाउनासाथ मथुरापुर पुलिस घटनास्थलमा पुगेको थियो । युवकले कुन उद्देश्यले बम बनाएको र के कारणले विष्फोट गराएको भन्ने विषयमा पुलिसले अनुसन्धान सुरु गरेको छ। आरिफको पारिवारिक स्रोतका अनुसार आरिफ कोलकातामा काम गर्छन्। उनी केही दिनअघि घर आएका थिए। उनी साथीभाइसँग बम बनाउँदै थिए। उल्लेखनीय कुरा के छ भने केही दिनपछि पञ्चायतको निर्वाचन हुँदैछ। यस्तो अवस्थामा पञ्चायतको चुनावमा इलाकामा अशान्ति फैलाउने उद्देश्यले यो बम बनाउन आरिफ र उनका सहयोगीलाई कसैले अनुमति दिएको हो ? यस विषयमा प्रश्न उठ्न थालेको छ।










