गान्तोक। राभाङला थाना क्षेत्रमा आफ्नै नाबालिग छोरीमाथि यौन दुर्व्यवहार गरेको सम्बन्धमा आरोपित पितालाई पक्राउ गरेर जाँच शुरू गरिएको छ।
पुलिस अनुसार, एकजना १३ वर्षीय नाबालिगले आफ्नै पितामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। यो घटना गत शनिवारको हो। नाबालिगको शब्दशः विवरण अनुसार, उनी शुक्रवार स्कूलबाट फर्केर घर आएपछि लुगा फेरिरहेको समय त्यहाँ उनको पिता आइपुग्यो। पिताले उसलाई समातेर मुख थुनिदियो र उनको संवेदनशील ठाउँमा हात लगाए। कसैगरि उनी त्यहाँबाट भाग्न सफल भइन् र बाजे बोजुको घर गइन्। शनिवार नाबालिगकी आमाले घटनाबारे थानामा प्राथमिकी दर्ता गराएको जानकारी पुलिसले दिएको छ। आरोपित पिता विरूद्ध पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता गरिएको छ।









