अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको बारोबिसा बजारमा भयावह आगलागी हुँदा ६ वटा दोकान जलेर खरानी भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति लगभग २ बजेर ३० मिनटमा बारोबिसा बजारमा रहेको एउटा लुगा दोकानमा आगो लागेपछि उक्त आगोले उग्र रूप धारण गरेर छेउको अर्को लुगा दोकान लगायत जुत्ता दोकान, सुनको दोकान र अझ दुईवटा दोकान आगोको चपेटमा परेपछि दोकानहरू जलेर खरानी भएको बताइएको छ।

घटनाको खबर पाएर बारोबिसा अग्निशमन विभागको दुई वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे तापनि आगोलाई नियन्त्रणमा ल्याउन नसकेपछि तुफानगञ्जबाट दमकलको अझ २ वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग ३ घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।










