सिलगढी: लायन्स क्लब अफ् सिलगढीको ५६औँ स्थापना दिवस समारोह सिलगढीको जक्शनस्थित एउटा निजी होटलमा विविध कार्यक्रमको साथमा आयोजना गरियो। यस अवसरमा सम्पन्न एउटा समारोहबीच एउटा नयाँ कमिटी पनि गठन गरियो । उक्त कमिटीमा सिलगढी नगर निगमको वार्ड नम्बर २५को पूर्व पार्षद सीमा साहालाई अध्यक्ष नियुक्त गरियो। यस अवसरमा तिनले भनिन्, म सबैसित मिलेर काम गर्न चाहन्छु। लायन्स क्लब अफ् सिलगढी सधैं नै मानिसहरूको सेवामा लागी पर्दछ। यसैले अझ राम्ररी काम कसरी गर्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिइने छु।











