नेपाल सरकारद्वारा आदिपुरुष चलचित्रको विषयमा ध्यानाकर्षण

00-1-Agni-Purush

काठमाडौं: नेपाल सरकारले आदिपुरुष चलचित्रको विषयमा उठेका विवादबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार नेपालको संचार मन्त्रालयले विज्ञप्तिमार्फत् गम्भीर ध्यानाकर्षण जनाएको हो। मन्त्रालयका अनुसार नेपालको सेन्सर बोर्डबाट जानकीलाई भारतीय छोरीका रुपमा प्रस्तुत भएको संवादमा भारतकी शब्दलाई हटाउन लगाई जाँच पास प्रमाणित दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको हो। उक्त संवादका सम्बन्धमा विभिन्न संचारमाध्यम तथा सरोकारवालाहरुबाट जनाइएको आपत्तिका विषयहरुमा समेत मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भनिएको छ। काठमाडौंका मेयर बालेन साहले भारतीय चलचित्र काठमाडौंमा निषेधको घोषणा गरेपछि सरकारका तर्फबाट विज्ञप्ति जारी भएको हो। सरकारले उनको कदमबारे गम्भीर ध्यानाकर्षण भएको जानकारी समेत दिएको छ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *