मुख्यमन्त्री पटनायकले गऱ्यो भारतीय टीमलाई एक करोड़ दिने घोषणा
भुवनेश्वर: भारतीय फूटबल टीमले आइतबार राति भुवनेश्वरको कलिंगा स्टेडियममा क्याप्टन सुनील छेत्री र लालिंगजुआला छांगटेको गोलको मद्दतले लेबनानलाई २-० गोलले हराएर हीरो इन्टरकन्टिनेन्टल कप २०२३ को उपाधि जितेको छ। ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले भारतीय टीमलाई प्रतिष्ठित ट्रफी प्रदान गरे। मुख्यमन्त्रीले भारतीय टीमलाई एक करोड़ रुपियाँ दिने घोषणा गरे। समापन समारोहमा मुख्यमन्त्री पटनायकले विजेताहरूलाई बधाइ दिए। उनले भने, ‘यस प्रतिष्ठित इन्टरकन्टिनेन्टल कपको आयोजन गर्नु हाम्रो राज्यको निम्ति गर्वको कुरा हो। भारतलाई जीतको बधाई छ। हाम्रो उद्देश्य ओडिशामा अझ धेरै फुटबल कार्यक्रम आयोजन गर्नु तथा ओडिशा र भारतलाई खेलको विकासमा समर्थन गर्नु रहेको छ।’ एआईएफएफ अध्यक्ष कल्याण चौबेले भने, ‘गत केही दिनमा कालिंगा स्टेडियममा राष्ट्रिय टीमको टीम हेर्न इच्छुक प्रशंसकहरूको प्रत्याशा र उत्साह चरममा थियो। अन्तिम स्पर्धामा स्टेडियम दर्शकहरूको स्वरले गुन्जयमान रह्यो। म भाग लिने टीमका सबै समर्थक र आतिथ्य प्रदान गर्ने अनि एउटा उत्कृष्ट टुर्नामेन्टको आयोजनका लागि ओडिशालाई धन्यवाद दिॅंदछु।’ –हिस