पेस बलर एण्डरसनले पूरा गरे ११०० विकेट

IMG-20230619-WA0211.jpg

१९ जूनः ईंग्ल्याण्डका अनुभवी पेस बलर जेम्स एण्डरसनले बर्मिंघमको एजबेस्टन मैदानमा अष्ट्रेलिया विरुद्ध जारी एशेज सीरीजको पहिलो टेस्ट म्याचको अवधि प्रथम श्रेणीको क्रिकेटमा ११०० विकेट पूरा गरे। अष्ट्रेलियाको पहिलो ईनिंग्सको ९९औं ओभरमा एण्डरसनले एलेक्स केरीलाई बोल्ड गरी यस खास उपलब्धिलाई हासिल गरे। एण्डरसनले यस विकेटको साथ केरी र उस्मान ख्वाजाबीच ११८ रनको पार्टनरशीपलाई पनि तोड़े। एण्डरसनको यस असाधारण उपलब्धिमा ईंग्ल्याण्ड क्रिकेट बोर्डले ट्वीट पनि जारी गरेको छ। ट्वीटमा लेखिएको छ, जिमी एण्डरसन। गोट (ग्रेटेस्ट अव् अल टाईम)। स्विंगका सम्राटको ११०० फर्स्ट क्लास विकेट। एलेक्स केरी ६६ रनमा आउट।
एण्डरसनले २००२-मा प्रथम श्रेणीको क्रिकेटमा पदार्पण गरेका थिए। त्यसपछि उनले २८९ वटा म्याचमा ११०० विकेट लिइसकेका छन्। यसबीच उनले ४८ पल्ट ईनिंग्समा ४ विकेट, ५४ पल्ट ईनिंग्समा ५ विकेट अनि ६ पल्ट म्याचा दश विकेट हासिल गरे। यसरी उनले २००३-मा टेस्ट पदार्पणपछि १८० वटा म्याच खेलेर ६८६ विकेट हासिल गरेका छन्। यसमा उनको सर्वश्रेष्ठ प्रदर्शन ४२ रनमा ७ विकेट रहेको छ। उनी वर्तमानमा टेस्ट प्रारूपमा ईंग्ल्याण्डका अग्रणी विकेट लिने बलर हुन्। एण्डरसनसँग यस एशेज सीरीजको अवधि टेस्ट प्रारूपमा सर्वाधिक विकेट लिने दोस्रो बलर बन्ने मौका रहेको छ। टेस्ट क्रिकेटमा सर्वाधिक ८०० विकेट लिने रेकर्ड श्रीलंकाका मुथैया मुरलीधरणको नाममा रहेको छ। यसरी अष्ट्रेलियाका महान लेग स्पिनर शेन वार्न ७०८ विकेटको साथ दोस्रो स्थानमा रहेका छन्। अहिले तेस्रो स्थानमा रहने एण्डरसनसँग ६८६ विकेट रहेको छ। यसरी एण्डरसनसँग पाँचवटा टेस्ट म्याचको सीरीजमा असल प्रदर्शन गर्दै वार्नको रेकर्ड तोड़्ने मौका रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *