१८ जूनः हीरो इण्टरकण्टिनेण्टल कप फूटबल टुर्नामेण्टमा आयोजक भारत च्याम्पियन भयो। आइतवार राति भुवनेश्वरको कलिंगा स्टेडियममा खेलिएको फाइनलमा भारतले लेबननलाई २-०-ले पराजित गऱ्यो। फीफा ऱ्यांकिंगमा १०१औं स्थानमा रहने भारतले आज ९९औं स्थानमा रहने लेबनोनलाई कुनै मौका दिएन। कप्तान सुनिल छेत्रीले ४६औं मिनटमा भारतलाई बढ़त दिलाए। अन्तर्राष्ट्रिय फूटबलमा यो उनको ८७औं गोल हो। त्यसपछि लाल्लिएनजुआला छांगटेले ६५औं मिनटमा अझ एक गोल गरी भारतको जीत सुनिश्चित गरे।

टुर्नामेण्टमा भारत र लेबननको साथमा वानुआतु र मंगोलियाको टीमले हिस्सा लिएको थियो। भारतीय टीमका सन्देश झिंगनलाई बेस्ट प्लेयर अव् द टुर्नामेण्टको पुरस्कारले सम्मानित गरियो।