निरन्तर परेको पानीले ट्राउट फार्म सहित धेरैलाई पुऱ्यायो क्षति

IMG-20230618-WA0296.jpg

गेजिङ: शनिबार बेलुकी परेको मुसलधारे पानीले मानेबुङ देन्ताम क्षेत्र अन्तर्गत सिम्फोक बस्ती-ट्राउट फार्म, देवीथाने, कुनाबार लिङ्गे बस्तीको घरहरु साथै धनपाले ट्राउटफार्म सबै पुरे पछि समस्या उत्पन्न भएको छ। स्थानीय मानिसहरूले भने भागेर ज्यान बचाएको बताइको छ। तर गाई-भैंसी, भेड़ा-बाख्रा, सुंगुर, कुखुरा र ट्राउट माछाको फार्महरु पुरेपछि ठूलो क्षति भएको पीडित व्यक्तिहरूको भनाइ रहेको छ। ट्राउट माछापालकहरुको लाखौं रुपियाँको नोक्सानी भएको छ। उत्तरेदेखि सिम्फोक हुँदै सोपाखा कुमुकखोला अनि चिवाभञ्ज्याङ जाने सिम्फोक इसाङले खोलाको पुल समेत बगाए पछि आवतजावत ठप्प बनेको छ। अझै यो खोलाले उग्ररूप लिँदै कलेज खोलामा मिसिए पछि देन्ताम नजिकैको इन्टेक हनुमान जलविद्युत परियोजानालाई पनि ठूलो क्षति पुऱ्याएको जानकारी गराइएको छ। यसरी नै सिङ्सोर खोलाको कलेज दोभानमा सापोङ निवासी एनबी चौहानको कोइरी दुई वटा ट्याङ्कर र कसर प्लानलाई पनि नोक्सानी पुऱ्याएको छ।

यसैगरी देन्ताम पुल नजिकै कोइरीमा राखिएको लोक बहादुर छेत्री र विशाल सुब्बाको जेसीबी खोलाले बगाएको जानकारी प्राप्त भएको छ भने देन्ताम खोला नजिकैको फुर्वा लेप्चाको होटल र बाइकको ग्यारेज बगाएर पनि बगाएको छ। अर्कोतिर देन्ताम पुल नजिकको पेलिङ र देन्तामलाई जोड्ने मुल सडक पनि पुर्ण रुपमा चुडिएर पछि आवतजावत ठप्प बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement