गान्तोक: गत १५ जूनदेखि मुम्बईको जस्मिन हलमा आयोजित पहिलो नेशनल लेजिस्लेचर कन्फ्रेन्समा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती, उपाध्यक्ष साङ्गेल लेप्चा, विधायक अदित्य गोले, विष्णु कुमार खतिवडा, सुनिता गजमेर लगायत विभिन्न विभागका अध्यक्षहरूले सहभागिता जनाए। १५ जूनदेखि शुरू भएको उक्त कार्यक्रमको आज समापन भयो। उदघाटन कार्यक्रममा देशका विभिन्न राज्यका विधानसभाका अध्यक्षहरूले सहभागिता जनाएका थिए। उक्त अवसरमा लोकसभाका पूर्व अध्यक्ष सुमित्रा महजन लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै दोस्रो दिन दिन एमआईटी स्कूलको पहलमा आयोजित पहिलो नेशनल लेजिस्लेचर कार्यक्रमको उदघाटन वर्तमान लोकसभाका अध्यक्ष ओम बिरलाले गरेका थिए। यसरी नै तेस्रो दिनको कार्यक्रममा विशिष्ट अतिथिकोरूपमा सेन्टर टिबेटन एडमिन्सट्रेसनका पूर्व अध्यक्ष डा. लोब्जाङ साङ्गे रहेका थिए। यस अवसरमा देशका कतिपय राज्यका मुख्यमन्त्रीहरूसँग भीडियो कन्फ्रेन्सको माध्यमद्वारा विभिन्न विषयमा चर्चा परिचर्चा पनि भएको थियो।