कोलकाता: भर्खरै रिलिज भएको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को संवादलाई लिएर पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको छ। पश्चिम बंगालको हावडामा मानिसहरूले गदा लिएर विरोध प्रदर्शन गरेका छन्। यसविरुद्ध आइतबार गोलाबारी पुलिस चौकीमा मामला दर्ता भयो।‘आदिपुरुष’ फिल्मको संवादमा आपत्ति जनाउँदै आज मानव जैसवाल नामका व्यक्ति धेरै मानिससहित नाराबाजी गर्दै गोलाबारी पुलिस चौकी पुगेर विरोध प्रदर्शन गरेका छन्। उल्लेखनीय छ, फिल्म आदिपुरुष आफ्नो विवादास्पद संवादका कारण सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ।

रामायणमा आधारित यस फिल्ममा सामान्य भाषासँग मिल्दोजुल्दो संवाद रहेको आरोप छ। जसका कारण यो फिल्म रिलिजको पहिलो दिनदेखि नै सर्वत्र आलोचना भइरहेको छ। आज प्रदर्शनकारीले चलचित्रका संवाद लेख्ने व्यक्तिविरुद्ध आक्रोश पोखेका छन्। उनले यो चलचित्रको प्रदर्शन रोकिनुपर्ने बताए अन्यथा हल र मल्टिप्लेक्समा आन्दोलन जारी रहनेछ।