दबाव र प्रलोभन देखाउदै सतिश पोख्ररेलले हाम्रो उम्मेद्वारहरूलाई नामकंन पत्र फिर्ता गर्न बाध्य बनाउँदैछ: अजय एडवाडर्स

Screenshot_20230618_231352_WhatsApp.jpg

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष एंव क्षेत्रिय सभासद सतिश पोख्ररेलले हाम्रो पार्टीको अप्पर रेलिङको उम्मेद्वारलाई तीन महिनाभित्रमा गाउँको तीन किलो मिटरको बाटोलाई कालो बाटो बनाई दिने अनि दुई दिनभित्रमा गाउँमा घर घर जल योजनाको पानीको पाइप ल्याई दिने प्रलोभन देखाएर नामकंन फिर्ता लिनु लगाएको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएको छ।अध्यक्ष एडवाडर्सले अघि भने हिज शनिबार म अप्पर रेलिङको भ्रमणमा निस्केको थिए।त्यस अवधि भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव क्षेत्रिय सभासद सतिश पोख्ररेलले हाम्रो पार्टीको उम्मेद्वारहरूलाई प्रलोभन देखाउँदै आफ्नो नामकंन पत्र फिर्ता लिने दबाव बनाई रहेको खबर पाएको थिए।त्यसकारण मैले यी सवै विषयहरू बारे सामाजिक संजालहरूमा उजागार गरेको थिए अनि दाजुले जनताको डर बोकेर त्यस्तो काम गर्नदेखि रोकिन्छ भन्ने सोचेको थिए तर आज बिहान चार गाडी समर्थकहरूलाई लिएर हाम्रो पार्टीको उम्मेद्वार बहिनीको घरमा गएर तीन महिनाभित्रमा गाउँको तीन किलो मिटर कच्चा बाटोमा अलकत्र विछाई दिने,दुई दिनभित्रमा घर घर जल योजनाको पानीको पाइपमा गाउँमा ल्याई दिने प्रलोभन देखाएको छ।त्यसरी नै रैलिङकै हाम्रो पार्टीको अर्को उम्मेद्वार बहिनी जो १७ दिनको सुत्केरी छिन,उनको पतिलाई भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव क्षेत्रिय सभासद सतिश पोख्रेलले फोन गरेर उनको बैंक एकाउण्टमा एक लाख रूपियाँ तुरून्तै हाली दिने वचन दिन्दै नामकंन पत्र फिर्ता गर्न लगाएका थिए तर बहिनीको श्रीमानले सतिश दाजुको प्रस्तावलाई अस्वीकार गर्दै मैले यस्तो गरेको खण्डमा मेरो १७ दिनको नानीलाई नकारात्मक प्रभाव पर्छ भन्ने सोझो जवाफ दिएको आफुले जानकारी पाएको अध्यक्ष एडवाडर्सले बताए। भागोप्रमोको नेतृत्वहरूले नामंकन पत्र दर्ता गरेेको उम्मेद्वारहरूलाई समेत रूपियाँ पैसाको बलमा किन्ने प्रयास गर्दैछ।हाम्रो पार्टीको अर्को उम्मेद्वार बहिनीलाई गाउँ समाजको दबाव बनाएर नामकंन पत्र फिर्ता गर्न लगाएको छ,सतिश पोख्ररेल दाजुले तीन महिनाभित्रमा गाउँको तीन किलो मिटर बाटोमा कालो अलकत्र विछाउँनु पर्छ अनि गाउँमा घर घर जल योजनाको पानी को पाइप ल्याउने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आहवान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement