बीरपाडा मोबाइल छिनताई गुटको पर्दाफाश

chor-1024x1024.jpg

सिलगढी: सिलगढी जक्शन जीआरपीको टीमले बीरपाडाको मोबाइल छिनताई गुटका दुईजना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बीरपाडा निवासी सोनु मुन्डा र मुकेश पात्र सामेल छन्। प्राप्त जानकारी अनुसार सोनुले स्टेशनबाट यात्रीको फोन छिनताई गरेर चम्पट गर्ने गर्दथे। यसपछि ती फोनहरू मुकेशलाई सुम्पिने गर्दथे। मुकेश पेशाले मोबाइल रिपेयरिङ गर्ने काम गर्दथे। घटनाक्रम अनुसार केही दिन अघि सिलगढी जक्शन जीआरपीको टीम र आरपीएफ-ले संयुक्त अभियान चलाएर यात्रीहरूबाट छिनताई गर्ने हरियाणा गुटका ६ जना सदस्यलाई पक्राउ गरेको थियो। जीआरपी सूत्रले दिएको जानकारी अनुसार हरियाणाको छिनताई गुटसित सोनु र मुकेश पनि संलग्न थिए ।यी दुईले हरियाणा गुटलाई यात्रीहरूको समान छिनताई गर्नमा सहयोग गर्ने गर्दथे हरियाणा गुटसित सोधखोज अवधि पुलिसले बीरपाडाका दुईजना युवक छिनताईको घटनामा सक्रिय भूमिका निभाउने गरेको थाहा पाए। यसपछि पुलिसले घटनाको जाँच गर्दै गत ७ जुनमा पहिला सोनुलाई पक्राउ गरेपछि सोधखोज गर्दा मुकेश पात्रोको नाम अधि आएपछि जीआरपी टीमले गत ९ जुनमा बीरपाडाबाट मुकेशलाई पनि पक्राउ गरेको थियो पुलिसले मुकेशको घरबाटा चोरी गरेको ५६ वटा मोबाइल उद्धार गरेको छ। पक्रा परेका आरोपीहरूलाई अदालमा पेश गरेर ७ दिनको पुलिस रिमान्डमा लिएपछि आज फेरि दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।

About Author

Advertisement