दलसिंगपाड़ा स्पोर्टस एकाडमी च्याम्पियन

IMG-20230618-WA0319.jpg

१८ जूनः डामडिम फ्रेण्ड्स यूनियन क्लबको तत्त्वावधानमा आयोजित गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी च्याम्पियन भयो। आइतवार अविरल वर्षाबीच खेलिएको फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले शान्तिनगर यूनिक क्लब, हल्दीबारीलाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
संक्षिप्तमाः
च्याम्पियनः दलसिंगपाड़ा स्पोर्टस एकाडमी
रनरअप्ः शान्तिनगर यूनिक क्लब, हल्दीबारी
फेयर प्ले ट्रफीः राजगञ्ज वेलफेयर अर्गनाइजेशन
प्लेयर अव् द टुर्नामेण्टः सुमन्तो रोय (शान्तिनगर यूनिक क्लब, हल्दीबारी)
बेस्ट गोलकीपरः सुमन्तो रोय (शान्तिनगर यूनिक क्लब, हल्दीबारी)
हाईएस्ट स्कोररः पप्पु रोय (शान्तिनगर यूनिक क्लब, हल्दीबारी)
प्लेयर अव् द म्याचः अदित्य (दलसिंगपाड़ा स्पोर्टस एकाडमी)
बेस्ट गोलः हेमराज भुजेल (दलसिंगपाड़ा स्पोर्टस एकाडमी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement