भारी मात्रामा हेरोइनका साथ एसटीएफद्वारा तस्कर पक्राउ

00-1-Rajya-Samachar-6

कोलकाताः कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले भारी मात्रामा हेरोइनका साथ दुई तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम धनन्जय देवनाथ र अहमद अली रहेको बताइएको छ। धनन्जय मूल रूपमा असमको नौगाउॅं जिल्ला अन्तर्गत होजाई निवासी हुन् भने अली नौगाउॅं जिल्लाको कामपुर निवासी हुन्। दुवैलाई आज दिउॅंसो दुई बजी एमजी रोड र सूर्य सेन स्ट्रीटको क्रसिङमा धेरेर पक्राउ गरियो।

एसटीएफ उपाययुक्त आईपीएस वी. सोलेमन नेशा कुमार अनुसार, गोप्य सूचनाको आधारमा आरोपित व्यक्तिलाई मुचिपाडा थानाको मद्दतमा पक्राउ गरियो। उनीहरूबाट १.०००९ किलो हेरोइन जफत गरिएको छ। उनीहरूले मादक पदार्थ कोलकातामा कसैलाई दिन लिएर आएको थाहा लागेको छ। पुलिसले आरोपितहरू विरूद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement