पार्टीका निर्दालीय उम्मेदवारहरूलाई तृणमूलको कडा सन्देश

TMC

कोलकाता: तृणमूल कांग्रेसले पंचायत चुनावमा पार्टीको उम्मेदवारी नदिई निर्दलीय रूपमा उम्मेदवारी दर्ता गर्नेहरूका लागि कडा सन्देश जारी गरेको छ। ‘या त उम्मेदवारी फिर्ता लिनुहोस् या त पार्टीबाट बाहिर निस्कनुहोस्। निर्दलीयले जित्यो भने पनि उसलाई पार्टीमा फिर्ता लिइने छैन’ भन्ने सन्देश दिएको छl तृणमूल कांग्रेसकी सुप्रिमो तथा मुख्यमन्त्री ममता ब्यानर्जी र पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले पंचायत चुनावको रणनीति तय गर्न शनिबार कालीघाटमा महत्त्वपूर्ण बैठक बोलाए। यसमा दुवै नेताले पार्टीको निर्देशनभन्दा बाहिर गएर निर्दलीय भएर उम्मेदवारी दिनेका लागि पार्टीको दैलो सदाका लागि बन्द गरिने स्पष्ट पारेका छन्। उल्लेखनीय छ, अभिषेक बनर्जीले ‘तृणमूल नव ज्वार’ कार्यक्रममा पंचायत चुनावमा निर्दलीय उम्मेदवारहरूलाई धेरै पटक कडा सन्देश दिएका छन्। निर्दलीय भएर कसैले चुनाव लडेमा पार्टीले निष्कासन गर्ने उनले बारम्बार बताएका छन्। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद कल्याण ब्यानर्जीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेको बताए। उल्लेखनीय छ, उम्मेदवारी फिर्ता लिने अन्तिम मिति २० जून रहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement