रेलिङ कैजले समष्टीमा भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20230618-WA0277.jpg

बिजनबारी: बिजनबारी खण्डको रेलिङ कैजले समष्टि अन्तर्गत अप्पर रेलिङ प्रशाखामा ग्राम पञ्चायत बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उप-सभापति एंव कार्यकारी सभासद सतीस पोखरेलको उपस्थितिमा सम्पन्न भएको थियो। सभामा ८ जुलाईमा सम्पन्न हुन लागेको पञ्चायत चुनावको निम्ति यहाँबाट भागोप्रमोको उम्मेद्वार केसाङ शेर्पाको जीतको समर्थनमा राखिएको थियो।
सभाको अर्को भागमा आजको सभामा विभिन्न पार्टीहरू गोर्खा जनमुक्ति मोर्चा, हाम्रो पार्टी अनि गोरामुमो त्यागेर ४० घर भागोप्रमोमा सामेल पनि भएको जानकारी प्राप्त भएको छ।

आजको उक्त सभामा केन्द्रिय प्रवक्ता केशवराज पोखरेल, समष्टिका अन्य नेतृत्वहरु सन्तोष गुरुङ, बुथ प्रार्थी नर्देव राई, शेखर लेप्चा, बिष्णु शर्मा, राकेश पोख्रेल, युवराज भट्टराई, शेखर शर्मा, दिपक राई, फुनु शेर्पा,दर्शन गुरुङ साथै अन्य गाउँका गाउँले दाजु भाइ, बयोवृध्द सदस्यहरुको उपस्थिति रहेको थियो। आजको सभाले विगत दिनको तितो मीठो अनुभवहरूलाई पनि चुनावमा भागोप्रमो उम्मेद्वारलाई भारी मतले बिजय बनाउने प्रस्ताव पारित गरेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement