अण्डर-१७ फूटबलः बण्टी इलेभेन विजयी

photocollage_2023618211120134.jpg

१८ जूनः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा मंगपूको बण्टी इलेभेनले एकतर्फी जीत हासिल गऱ्यो। आइतवार खेलिएको म्याचमा बण्टी इलेभेनले मर्माहको ब्ल्याक क्याट्स-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिजीत लामाले ह्याट्रिक गरे। यसबाहेक १ गोल रुपेशले गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement