कालचिनी। आज राती लगभग ८ बजी मदारीहाटबाट हाँसीमारातर्फ आइरहेको एउटा मोटरबाइक विपरीत दिशाबाट आईरहेको एउटा अज्ञात वाहनको चपेटमा परेर मर्मान्तिक मृत्यु भएको घटना प्रकासमा आएको छ। हाँसीमारा तोर्सा सेतु नजीक भएको उक्त दुर्घटनामा उक्त बाइक सवार युवकको परिचय सुनिश्चित हुन नसकेता बाइकको नम्बर प्लेट पञ्जीकरण अनुसार उक्त बाइक पूर्व सातालीको सागर मण्डलको रहेको जनाएका छन्। पुलिसले घटनास्थलमा पुगेर उक्त मृतदेह र मोटरबाइक उद्धार गरेको जनाएका छन्।









