दार्जीलिङमा १०५ वर्षीय वृद्धद्वारा मतदान

दार्जीलिङ। दार्जीलिङमा भइरहेको चुनाउको निम्ति १०५ वर्षीय एक वृद्धले स्वयं बुथमा गएर मतदान गरे। यति मात्र होइन मतदानपछि तिनले उत्साह पनि प्रकट गरे। तिनको नाम पीएच छेत्री हुन्। तिनी दार्जीलिङ जिल्लाको आरएन सिन्हा रोडमा बस्छन्। तिनले राजनीतिको उत्थान र पतन पहाड़मा शान्त र अशान्त सबै मौसम देखेका छन्। यस उमेरमा पनि उनको दिमाग तीक्ष्ण र बोल्ने क्षमता व्यापक छ। उनी लौरो लिएर हिँड्नेगर्छन्।
उनले भने, ‘ म नियमित रूपमा व्यायाम गर्छु। यसका साथै मध्यम भोजन गर्छु। जीटीएको चुनाउ अधिकारीहरूले मलाई यस आयुमा पनि आफ्नो मताधिकारको प्रयोग गर्नलाई भनेका छन्’। वृद्धले मतदान कर्मीहरूको मद्दतले आफ्नो मताधिकारको प्रयोग गरे। उल्लेख्य, दार्जीलिङ जिल्लामा दुई महत्वपूर्ण चुनाउहरूको निम्ति राज्य पुलिसको सुरक्षा घेरामा आइतवार बिहान सात बजीदेखि मतदान शुरू भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement