जलपाइगढ़ीः फूलबाड़ीमा दुई ट्रकबीच भिड़न्त हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरूको नाम सुनील साहा र विनोद सिंह बताइएको छ। दुवै ट्रक चालक हुन्। घटना फूलबाड़ीको जियागञ्ज क्षेत्रमा शनिवार राति घटेको हो।
जानकारी अनुसार, अबेर राति एउटा ट्रक सिलगढ़ीदेखि जलपाइगढ़ी आइरहेको थियो। त्यति नै बेला फूलबाड़ीको जियागञ्ज क्षेत्रमा विपरीत दिशाबाट आइरहेको दोस्रो ट्रकसित भिड़न्त भयो। घटना यति भीषण थियो कि दुवै ट्रकका चालक ट्रकभित्रै फंसे। घटनापछि एनजेपी थाना पुलिस र यातायत पुलिस घटनास्थलमा पुग्यो। दुवै ट्रकमा फंसेका चालकहरूलाई बाहिर निकालेर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठायो। जहाँ दुवैको उपचार चलिरहेछ। एनजेपी थाना पुलिस अघिको जाँचमा जुटेको छ।