पश्चिम सिक्किममा भारी वर्षाले पैह्रो, व्यापक क्षति

si-4

गान्तोकः शनिवार रातभरि परेको मूसलधारे वर्षाले पश्चिम सिक्किममा व्यापक क्षति पुऱ्याएको छ। पैह्रोले धेरै घरलाई क्षतिग्रस्त बनाएको छ भने पशुधनलाई पनि आफ्नो चपेटमा लिएको छ। कतिपय ठाउॅंहरूमा सड़क सम्पर्क पनि बाधित बनेका छन्। पैह्रोले जनहानिको सूचना भने छैन।

सिक्किममा मनसूनको शुरूवातसॅंगै पैह्रो झर्ने क्रम पनि शुरू भएको छ। भारी वर्षा अनि पैह्रोले विशेषगरि उत्तर र पश्चिम सिक्किमका विभिन्न ठाउॅंहरूमा निकै क्षति पुऱ्याएको छ। शनिवार रातभरि परेको मूसलधारे पानीले गेजिङ जिल्लाको मानेबुङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत सोपाखा जीपीयूमा पैह्रो गएको छ। पैह्रोले धेरैका घरहरूलाई क्षतिग्रस्त बनाएको छ। केही स्थानीय मानिसहरूका ट्राउट फार्मलाई पनि व्यापक क्षति पुगेको छ। कतिपय स्थानहरूमा पैह्रोले सड़क सम्पर्क बाधित बनेका छन्।

-हिस

About Author

Advertisement