खरसाङ: सुकना पानीघट्टाको निर्दलीय प्रार्थी उत्तम छेत्रीले भोटमा हारे पनि जनताको सेवा गरिरहनेछु भनी बताएका छन्। आज २६ जूनको दिन भएको जीटीए चुनावमा सुकना पानीघट्टा समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा लड़िरहेका उत्तम छेत्रीले आफ्नो बुथमा भोट हालेर आज आफ्नो समष्टीभरि भ्रमण गरेका थिए। उनले समष्टीका विभिन्न स्थानहरूमा भ्रमण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै चुनाव हो र चुनावमा हार र जीत त हुन्छ नै तर पनि चुनावमा हारे भने पनि जनताको लागि काम भने लगातार रूपमा गरिरहने बताएका छन्। उनले आफ्नो समष्टिको जनतालाई कुनै समस्या परे आफुसित सम्पर्क गर्ने र जनताको समस्या समाधानको लागि कार्य गर्ने बताएका छन्।









