कुचबिहारः दिनहाटाको बुरिरहाटमा भाजपा प्रत्याशीको घर छेउबाट ताजा बम भेटिएपछि क्षेत्रमा आतङ्क फैलेको छ। जानकारी अनुसार, आइतवार बिहान लगभग ७ बजी बूथ नम्बर २ का भाजपा पञ्चायत प्रत्याशी प्रतिमा बर्मनको घर सामूबाट एउटा ताजा बम भेटियो। जसलाई लिएर क्षेत्रमा हड़कम्प मचियो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र बमलाई आफ्नो कब्जामा लियो।
घटनापछि भाजपाको दिनहाटा विधानसभाका सह संयोजक प्रदीप बर्मनले भने, बुरीरहाटमा तृणमूलले आतङ्क फैलाइरहेछ। उसले जनताको विश्वास गुमाइसकेको छ भनी उसले बुझिसकेको छ। भाजपा कार्यकर्ताहरू र उम्मेदवारहरूलाई डराएर-धम्काएर दबाउन सकिन्दैन।
अर्कोतिर, तृणमूल ब्लकका उपाध्यक्ष अब्दुल सत्तारले भने, भाजपाको आरोप निऱाधार हो। भाजपा उम्मेदवारले आफ्नो घर सामू ताजा बम राखेर तृणमूलमाथि आरोप लगाइरहेछ।
-हिस