अलिपुरद्वार: आगामी पञ्चायत चुनावलाई ध्यानमा राख्दै, कांग्रेसले आइतबार अलिपुरद्वार जिल्लामा जोरदार प्रचार गऱ्यो। आइतवार फालाकाटा ब्लकको १३/३२ भाग उम्मेद्वार तथा पश्चिम बंगाल राज्य युवा कांग्रेसकी महासचिव श्यामला उराव, १३/३३ भाग अशोक उराव र ५ औं भाग पञ्चायत समितिकी उम्मेद्वार अनिता उरावको समर्थनमा जुलुस निकालेर प्रचार अभियान शुरु गरिएको थियो। आइतबार उम्मेदवारहरूले मन्दिरमा पूजाआजा गरेर प्रचारप्रसार सुरु गरेका थिए। कार्यक्रममा फालाकाटा ब्लक कांग्रेस अध्यक्ष मृण्मय सरकार, उपाध्यक्ष जहरलाल आचार्य, महासचिव श्यामल सूत्रधर तथा अन्य क्षेत्रीय नेता तथा कार्यकर्ता उपस्थित थिए।










