बेगूसराय: तेघड़ा विधायक रामरतन सिंहले आइतवार एच्छिक कोषबाट निर्मित तीन योजनाहरूको उद्घाटन गरे। विधायक निधिबाट बीहट खेमकरणपुर टोला स्थित मध्य विद्यालय खेमकरणपुरमा ९ लाख ९८ हजार दुई सय रूपियाँको लागतमा हलको निर्माण गरिएको छ। बीहट नगर परिषद वार्ड-२९ मा दुई मोहल्लाको महत्वपूर्ण सड़कहरूलाई एनएच-३१ सित जोड़िएको छ। यी दुवै सड़क १३ लाख ११ हजार ५०० रूपियाँ एवं आठ लाख ३६ हजार २०० रूपियाँको लागतले बनाइएको छ। बीहट वार्ड-२९ को गो घर भनिने मोहल्लामा ५० वर्षभन्दा धेरै वर्षपछि पक्का सड़क बन्दा स्थानीय मानिसहरूमा खुशीको लहर छ।
स्थानीय मानिसहरूको उपस्थितिमा विधायक रामरतन सिंहले फीता काटेर एवं नरियल फुटाएर सड़कको विधिवत उद्घाटन गरे। विधायकले भने, ‘बीहटका सबै प्रमुख टोल-मोहल्लाका सड़कहरूलाई एनएच-३१ सित जोड्नलाई लिएर प्रयास जारी छ। आमजनहरू अघि आएर समाजको सार्वजनिक कार्यहरूमा सहयोग गर्नुपर्छl’ -हिस