राजाभातखावामा डुवर्स कवि गोष्ठी सम्पन्न

3677dfa3-e5dd-493f-9724-86cf0753b872

कालचिनीः सृजनशील समूह कालचिनी र नेपाली कल्याण समिति राजाभातखावाको संयुक्त आयोजनामा शनिबार साँझ डुवर्स कवि गोष्ठी एवम् साहित्य विमर्श साँझ सम्पन्न भयो। सो कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समिति लगायत डुवर्स नेपाली साहित्य सभा मदारीहाट बीरपाड़ा र नेपाली साहित्य प्रतिष्ठान दलसिंहपाड़ाका पदाधिकारी तथा प्रतिनिधि कविहरूको सहभागी रहेको थियो। कर्मा पब्लिकेशनको व्यवस्थापनमा सम्पन्न सो कवि गोष्ठीमा डुवर्सको बाग्राकोटबाट अनन्त श्रेष्ठ, रुपेश शर्मा र अजय खड़का, नगरकट्टाबाट रबिन खवास, बीरपाड़ाबाट हर्कु तामाङ, शनी तामाङ, सुदर्शन तामाङ, अमीर सुब्बा, दिलीप शर्मा घिमिरे, मदारीहाटबाट किरण उपाध्याय, कालचिनीबाट कवियत्री पदमा शर्मा आँचल, चन्दन भट्टराई, मिलन माझी, राजाभातखावाबाट मकरध्वज राई, वसन्त छेत्री, दलसिंहपाड़ाबाट दुर्गा राई चामलिङ, अलिपुरद्वारबाट बाङ्गला कवि आलोक रञ्जन घोष, एवम् अन्यान्य कविहरूले आ-आफ्नो कविता वाचन गरेका थिए।
कवि गोष्ठीको समापन पश्चात डुवर्सका उदीयमान युवा गायक तथा कवि पूजन राईले आफ्नो स्वरचित गीत प्रस्तुत गरेको थियो।
कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकार अबीर खालिङले गरेको थियो भने साहित्य विमर्श कार्यक्रमको चरणमा कविताको समालोचना गर्दै रुपेश शर्माले प्रत्येक कविका कविताले हाम्रो जातिय पहिचान र अवहेलना विरुद्ध आवाज उठाएको र जनसाहित्यको महत्वलाई उजागर गरेको विश्लेषण गरेको बताएको थियो। रुपेश शर्माको समालोचना पश्चात डुवर्सका तीन पुस्ताका साहित्यिक संगठक एवम् श्रष्टाहरूको जमघटलाई राजाभातखावाका विशिष्ट समाजसेवी औ साहित्यानुरागी दुर्गा चामलिङले चर्चा केलाउँदै स्वागत जनाएको थियो भने कवि गोष्ठीको स्वागत वक्तव्य लालसिंह भुजेलले राखेको थियो।
प्रचण्ड गर्मीबीच बर्षाको राहत र पञ्चायत चुनाउको अघि अघि नै यो कार्यक्रम गर्ने अठोट गरेकोले कार्यक्रम सम्पन्न गरीएको र साहित्य समन्वयको उद्देश्य वहन गरेको यस कार्यक्रममा आफूहरू सफल भएको सृजनशील समूहको सचिव चन्दन भट्टराईले जनाएका छन्। कार्यक्रम सफल भएकोमा राजाभातखावाका विशिष्ट समाजसेवीहरू दुर्गा चामिलङ, लालसिंह भुजेल, रामकुमार लामा, लालबहादुर सुब्बा, अभिनारायण शर्मा, पूर्णबहादुर विष्ट, मकरध्वज राई एवम् अन्यान्यप्रति सृजनशील समूहले आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement