अमरनाथ यात्रा कश्मीर घाटीमा भाइचाराको प्रतीक हो: फारूक अब्दुल्ला

00-1-Rashtriya-Samachar-11

जम्मू: जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्री एवं सांसद डा. फारूक अब्दुल्लाले भने, ‘देशमा घृणा फैलाउनेहरूले यो हेर्न आवश्यक छ, कश्मीर घाटीमा अहिले मुसलमान र हिन्दू मिलेर कसरी अमरनाथ यात्रालाई सुचारू बनाउनको लागि एका-अर्कालाई समर्थन गरिरहेका छन्l’ सांसद अब्दुल्लाले आइतबार यहाँ पत्रकारहरूसितको कुराकानीमा भने, ‘अमरनाथ यात्रा कश्मीर घाटीमा भाइचाराको प्रतीक हो। देशमा घृणा फैलाउने मानिसहरूले हेर्नुपर्छ, मुस्लिम-हिन्दूले यसको सुचारू आचरणको लागि कसरी एकाअर्कालाई समर्थन गरिरहेका छन्। उनले भने, ‘पानी, बिजली र खाद्य पदार्थको समस्या त प्रत्येक वर्ष नै हुन्छ। अहिले पानीको अभाव त्यति छैन। तथापि सरकारले यसमाथि निश्चित रूपले ध्यान दिन आवश्यक छ।
डा. अब्दुल्लाले भने, ‘भारत सरकारले खाद्य पदार्थको आपूर्ति घटाइदिएको छ। किनभने म खाद्यको लागि संसदीय समितिको सदस्य हुँ। हामीले सरकारसित खाद्य पदार्थको पर्याप्त आपूर्ति गर्नुपर्ने अपील गरेका छौं। अमरनाथ यात्रा अवधि त्यहाँ काम गर्ने गरीब मानिसहरूले यसैबाट आफ्नो रोजीरोटी कमाउँछन् र पछि शीतकालमा खर्च गर्दछन्। यस यात्रा अवधि सहयोग, भाइचारा र समानता देख्न पाइन्छ जुन आफै-आफमा एउटा ठूलो उदाहरण हो। यस्तो कुरा घृणा फैलाउने मानिसहरूले पनि सिक्नुपर्छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement