खरसाङको सबै समष्टीहरूमा जित्ने भागोप्रमोको दाबी

खरसाङ: आज सम्पन्न भएको जीटीए चुनावमा खरसाङको ११ वटै समष्टिहरूमा जीत हाँसिल गर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दाबी गरेका छन्। आईतबार भएको जीटीए चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सचिव एंव चुनाव को-अर्डिनेटर प्रणाम रसाईलीले खरसाङका विभिन्न क्षेत्रहरूमा भ्रमण गरेका छन्। खरसाङको विभिन्न क्षेत्रहरूमा भ्रमण गरेपछि उनले पत्रकारहरूसित कुराकानी गर्दै आफुले पार्टीको को- अर्डिनेटरको तर्फबाट खरसाङको विभिन्न क्षेत्रहरूमा भ्रमण गरेको बताउँदै यसपाली सबैतिर भागोप्रमोको स्थिति राम्रै रहेको दाबी गरेका छन्। उनले खरसाङको प्राय: सबै समष्टीहरूमा भागोप्रमोको पकड़ बलियो रहेको र हामी खरसाङ क्षेत्रका सबै समष्टिहरूमा हामी जीत हाँसिल गर्नेछौं भनी दाबी पनि गरेका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले हामीलाई सबै समष्टीहरूबाट रिपोर्ट आईरहेको र सबैतिरबाट राम्रो खबर आइरहेको बताउँदै हामी जीतप्रति पूरा आशावादी रहेको बताउँदै खरसाङबाहेक अन्य समष्टिहरूमा पनि भागोप्रमोको जीत हुने अनि जीटीएको बोर्ड गठन गर्ने पनि बताएका छन्। तिनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले हामीले गरेको काम अनि पार्टी कार्यकर्ताहरूको खटाईले गर्दा हामी बिजय हुने आशा रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement