क्षणभरमै हुनेछ दुश्मनको नाश, पहिलो स्वदेशी ड्रोन तापसले राख्नेछ सीमामा निगरानी

00-1-Rashtriya-Samachar-11

नयाँ दिल्ली: डीआरडीओ र भारतीय नौसेनाको टीमले स्वदेशी तापस ड्रोनको कमाण्ड र नियन्त्रण क्षमताहरूको सफल प्रदर्शन गरेको छ। कारवार नौसैनिक अड्डादेखि १४८ किमी टाड़ा अवस्थित आईएनएस सुभद्रामा एक दूरस्थ ग्राउण्ड स्टेशनबाट गरिएको प्रदर्शनमा यूएवी निर्बाध रूपले २० हजार फुटको उच्चतासम्म उड़्न सक्षम भयो। आईएनएस सुभद्राले साढ़े तीन घण्टाको उड़ान अवधि ४० मिनटको लागि यूएवी संचालनलाई नियन्त्रित गऱ्यो। तापस ड्रोनलाई सीमाहरूमा निगरानी राख्नको लागि मात्र नभएर दुश्मनहरूमाथि आक्रमण गर्नको लागि प्रयोग गर्न सकिन्छ।
डीआरडीओद्वारा आइतबार जारी एक बयानमा बताइएको छ, भारतीय नौसेनाको टीमसित यो प्रदर्शन गए 16 जूनमा गरिएको थियो। स्वदेशी ड्रोन तापस ७:३५ बजे नौसैनिक अड्डादेखि २८५ किमी टाड़ा एयरोनटिकल टेस्ट रेञ्ज (एटीआर), चित्रदुर्गबाट उड़ेको थियो। यो प्रदर्शन कारवार नौसैनिक अड्डादेखि १४८ किमी टाड़ा आईएनएस सुभद्रामा एक दूरस्थ ग्राउण्ड स्टेशनबाट गरिएको थियो। यसको उद्देश्य तापस यूएवीको कमाण्ड अनि नियन्त्रण क्षमताहरूलाई स्थानान्तरित गर्नु रहेको थियो। यूएवीले लगभग 20 हजार फुटको उच्चतासम्म उड़्ने प्रदर्शन सफलतापूर्वक सम्पन्न गऱ्यो।
डीआरडीओका अधिकारीहरूको भनाइ छ, स्वदेशी यूएवीलाई नियन्त्रित गर्नको लागि आईएनएस सुभद्रामा एउटा ग्राउण्ड कन्ट्रोल स्टेशन (जीसीएस) र दुई शिप डेटा टर्मिनल (एसडीटी) स्थापना गरिएको थियो। परीक्षणपछि तापस एटीआरमा पुनः फर्कियो। तापस ड्रोनको ३० हजार फुटको उच्चताबाट २५० किलोमीटरसम्म प्रहार गर्ने क्षमता छ। यो दिन-रातको दुवै मिशनको लागि सक्षम छ। यसले ३५० किलोग्रामसम्मको पेलोड लिएर उड़्नसक्छ। यसलाई भारतीय सशस्त्र बलहरूको लागि गोप्य, निगरानी, टोही मिशन गर्नको लागि डिजाइन गरिएको हो। यो आफ्नो मिशन अवधि विस्तृत क्षेत्रमा सानो लक्ष्यहरूलाई पहिचान गरी प्रहार गर्न पनि सक्षम छ। तापसको पूरा नाम टेक्टिकल एयरबर्न प्लेटफर्म फर एरियल सर्भिलन्स बेयन्ड होराइजन (टीएपीएएस) हो। यो एउटा मीडियम एल्टीट्यूट लन्ग-इण्ड्यूरेन्स ड्रोन हो जुन अमेरिकाको एमक्यू-१ प्रीडेटर ड्रोन जस्तै हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement