फिल्म ‘आदिपुरुष’ लाई लिएर हिन्दू महासभाद्वारा पुलिसमा उजुरी दायर

00-1-Rashtriya-Samachar-11

लखनऊ: फिल्म ‘आदिपुरुष’लाई लिएर देशभरि विरोधको स्वर उठ्न थालेको छ। हिन्दू महासभाले हजरतगंज थानामा फिल्म निर्मातादेखि लिएर सबै कलाकारहरू विरूद्ध प्राथमिकी दायर गर्नुपर्ने माग गरेको छ। हिन्दू महासभाका शिशिर चतुर्वेदीले आइतबार हजरजगंज थानामा उजुरी पत्र पुलिसलाई दिए। उनले ‘आदिपुरुष’ले सनातन धर्म, प्रभु श्रीराम, माँ सीता, हनुमान र भगवा ध्वजको अपमान गरेको आरोप लगाएका छन्। फिल्मको चित्रण र कलाकारहरूको वेशभूषा, डाइलग, शब्दको चयन, असल रामायणको गलत प्रस्तुतिकरण रहेको उनले बताएका छन्।
यो फिल्म सनातनीहरूलाई अपमानित गर्नु बनाइएको हो भनी उनले आरोप लगाएका छन्। फिल्म इन्ड्रस्ट्रीले लगातार सनातनको अपमानित गरिरहेको पनि उनले उल्लेख गरेका छन्। उनले फिल्मका सम्पूर्ण स्टार कास्टसहित निदेशक र निर्मातामाथि मामिला दर्ता गर्न माग गरेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement