पञ्चायत चुनाउ: दिनहाटामा भाजपा प्रत्याशीको देवरको निर्मम हत्या

Screenshot_20230618_135343_WhatsApp.jpg

कूचबिहार: पञ्चायत चुनाउ अगावै दिनहाटाबाट हत्याको अझ एउटा मामिला अघि आएको छ। तर, यसपल्ट कुनै कार्यकर्ता-समर्थकको हत्या नभएर भाजपा प्रार्थीको देवरको हत्या भएको छ। उक्त घटना दिनहाटा २ नम्बर ब्लकको किसामत दसग्राम ग्राम पञ्चायत अन्तर्गत टियादह इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत अबेर राति भाजपा प्रार्थीको देवर शंभू दासलाई उनको घर अघिबाट लगेर नाजिककाे जूट काे खेतमा कुनै धारिलो हतियारकाे प्रहारले हत्या गरेकाे बताइएको छ। बिहान घरदेखि केही टाढामा खुनले लतपत अवस्थामा तिनको शव उद्धार भएको छ। असल, मृतकको भाउजु विशाखा दास भाजपा प्रार्थीको रूपमा पञ्चायत चुनाउमा खडा भएकी छन्। यस घटनालाई लिएर भाजपाले तृणमूलमाथि आरोप लगाएको छ। भाजपाले आरोप लगाएको छ कि विशाखा दासलाई केही समय देखी नामांकन फिर्ता लिन धम्की आई रहेको थियो जब उनले यस्तो गर्न मानेन तृणमूलले उनको देवर को हत्या गर दियों। अर्कोतिर, तृणमूलले आफूहरूमाथि लगाएको आरोप झुटो रहेको दावी गरेको छ। यस सम्बन्धमा मृतकका बाबु नरेन दासले बताएअनुसार राति केही मानिसहरू घरमा आएर छोरा शंभूलाई बोलाएर लगेपछि तिनको हत्या गरिदिएको हो। माइला छोराको स्वास्नी भाजपा उम्मेद्वारको रूपमा चुनाउमा खडा भएकी छन्। यसैले गर्दा तृणमूल-को तर्फबाट आफूहरूलाई धम्की दिइरहेको तिनले आरोप लगाए। अर्कोतिर, उत्तरबंग विकास मन्त्री उदयन गुहाले भने, यो अति नै दुखद घटना हो। तर भाजपाले तृणमूलमाथि झुटो आरोप लगाइरहेको छ। यसलाई लिएर भाजपाले राजनीति गर्ने प्रयास गरिरहेको छ। शम्भु दास राजनीतिक व्यक्ति थिएनन्। यो कुनै महिला सम्बन्धित मामिला हो। पुलिसले घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement